Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यहि आउँदो मार्च १७ तारिख शनिबारका दिन बेलायतमा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’को आयोजन हुने भएको छ । विशेषगरि नेपाली चलचित्र विधामा महत्वपूर्ण योगदान पुर्याउदै आएको बेलायतको थर्ड आइ टोलीद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । थर्ड आइले गत वर्ष लण्डनमा ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’ को समेत आयोजना गरेको थियो । बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा आयोजना हुने उक्त विभिन्न चर्चित नेपाली कलाकारहरु बेलायत आउने भएकाछन । आयोजकका अनुसार उक्त च्यारिटी कार्यक्रमको लागि सदावहार गायक आनन्द कार्की, गायिका मीरा राणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, राजु राजबाहक, सरु थापा, रवि डंगोल, श्याम अर्याल, नम्रता योगी र मौशमी गुरुङ लगायतक कलाकारहरु बेलायत आउने भएका छन् । कलाकारहरुद्वारा आ-आफ्ना चर्चित अनि लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन । आनन्द कार्कीले यी हल्लाहरु हुन् र किन हुन्छ चाह, सुक्मित गुरुङले रेलिमाइ र बोलबोल, मीनादेवी निरौला पोखरेलले कालेदाइ कालेदाइ र ठमेल बजार जस्ता गीत गाएरा बेलायतवासीहरुलाई मनोरंजन दिलाउनेछन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।