Home > Blog > आज १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै

आज १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, महिला हक अधिकारको माग स्वरूप प्रारम्भिक आन्दोलनको सम्झनामा ८ मार्चलाई तथा महिला अधिकारको संघर्षको महत्वपूर्ण दिनको रुपमा मान्दै आएको पाइन्छ । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९११ देखि विश्वभरिका महिलाद्वारा नारी दिवस मनाउन थालेको हो । उक्त सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखेकी थिइन् । महिलाहरुको हक र अधिकारलाई सरक्ष्यण गर्ने उद्देश्यले स्थापन गरिएको १०८ वर्ष पुगिसक्दा पनि महिलाहरुले खासै उपलब्धि हात पार्न भने सकेका छैनन् । महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरु दिनप्रतिदिन बढ्दै गइराखेको छ । नारी दिवसका अवसर पारेर नेपालमा पनि विभिन्न प्रकारका नारी अधिकारहरुको नारा लगाएता पनि त्यस्ता नाराहरू सोही दिनमा मात्र सीमित रहँदै आएका छन् । अरुलाई सुझाव दिने तर स्वयं आफूले त्यसको पालना नगर्ने परिपाटीले गर्दा नारी अधिकारको सही रुपमा कार्यान्वयन हुन् सकेको छैन । यसका लागि नारीहरुले मात्र नभई पुरुषहरुद्वारा पनि सहयोग र सहकार्य गर्नु जरुरी देखिन्छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौं। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन्। ३३ …