Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो,
नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी यूके)को आयोजनामा यहि १० मार्चका दिन लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन गइरहेको लन्डन कविता कन्सर्टमा सहभागी हुन युवा कवि नवराज पराजुली आज बिहान लन्डनको हिथ्रो विमानस्थालमा उत्रेका छन् । कवि पराजुलीलाई स्वागत गर्न एनबीसी यूकेका अध्यक्ष मिलन घिमिरे, कार्यक्रमका संयोजक तथा एनबिसी यूकेका सल्लाहकार रामशरण सिंखडा, पूर्व अध्यक्ष कमलराज खनाल, सदस्यहरु वसन्त नेपाल,राजेन्द्र ओझा, संजिव घिमिरे लगायतको टोली विमानस्थल पुगेको थियो । सर्लाहीको हरिवनस्थित चेतना शन्देश नेपालद्वारा संरक्षित द्वन्दकाल तथा मधेस आन्दोलनमा गुमाएका अनाथ बालबालिकाहरुको सहयोगार्थ बेलायतमा पहिलो पल्ट कविता कन्सर्टको आयोजना गरिन लागिएको हो ।
हाल उक्त संस्थाले ४२ जना बालबालिकाहरुको संरक्षण गर्दै आएको छ भने सुरक्षित बसोवासको अभावमा अहिले एकै ठाउँमा बस्न बाध्य भएका छन् । छुट्टै आवास कक्ष बनाउने तथा ई लाइब्रेरी सञ्चालन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा १८ हजार पाउण्ड संकलन गर्ने लक्ष्य रहेको उक्त कार्यक्रममा करिब ५ सय दर्शकहरुको सहभागीता रहने सो कार्यक्रमको अनुमानित खर्च ८ हजार पाउण्ड रहेको र कार्यक्रमबाट १० हजार पाउण्ड बचत गरी सहयोगको लागि छुट्याइने योजना रहेको आयोजकहरुले बताएका छन् । उक्त कार्यक्रममा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित युवा कवि नवराज पराजुली लगायत बेलायतवासी स्थानीय कवि तथा कवियत्रीहरुद्वारा कविता बाचन गरिने छ । बेलायतको लागि समसामयिक केहि छुट्टै किसिमको कविता वाचन गर्ने कवी नवराज पराजुलीले बताएका छन् । 
कार्यक्रमको लागि अपिल ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





