Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,

आज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । विशेषगरी नेपालमा होली दुइ दिन तराई र पाहद्मा गरेर मनाइन्छ । हाली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रियरङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ ।होली पर्वलाई मेलमिलाप र सद्भावको सन्देश दिने पर्वको रुपमा लिइँदै आएको पाइन्छ । फागु पर्व दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी थिइन् भने प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ ।
सोही समयदेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको पनि धर्मशास्त्रहरूमा उल्लेख छ । होली पर्वले हिजोआज रुप परिवर्तन गरी विकृति फैल्याएको पनि प्रशस्त रुपमा देख्न पाइन्छ । मानिसलाई दु:ख दिने महिलामाथि होलीको बहानामा आक्रमण गर्ने जस्ता थुप्रै घटनाहरु भइरहेकोछन् । सामाजिक संजालको बढ्दो प्रयोग र प्रभावका कारण हिजोआज होली खेल्ने चलन पनि देश विदेश सबैतिर तेत्तिकै बढ्दै गैरहेकोछ । विशेषगरी होलीलाई दुइदिन मनाउने हाम्रो परम्परा भए पनि एक हप्ता अघिदेखि नै होली खेलेर रंगीन तस्वीरहरु सामाजिक संजाल्हारुमा राख्ने गरेको पाइन्छ स्वेच्छा र साथीभाई आफन्त इष्टमित्रहरुसँग मिलेर आपसी रमाइलोको हिसाबले होली खेल्नाले अवश्य पनि राम्रो हुनेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





