Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ को “ लैजाउ तिमि मलाई ” बोलको गीतको भीडीयो युट्युब मार्फत सार्वजनिक भएको छ ।लोकप्रिय गायिका अन्जु पन्त र गायक संजय तुमरुकको सुमधुर स्वरले सजिएको उक्त गीतमा नायक ध्रुब दत्त र नायिका रजनी केसीको रोमान्टिक अभिनय हेर्न पाइनेछ । चलचित्र ‘उल्झन’ को रेड कार्पेट प्रिमियर शो आगामी मार्च १८ का दिन बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा हुने भएको छ । त्यस्तै ह्यार्रो फुटबल क्लब साऊथ ह्यरोमा मार्च २५ गते र ३१ मार्च मा स्विंडन, साथै रेडिंग, बेजिंगस्टोक , ननिनटंन, बर्मिंगम, योर्क तथा स्कटलैंड लगायतका स्थान हरुमा चलचित्रको प्रदर्शन गरिने भएको छ । बेलायतमा बसोवास गर्दै आएका नायक ध्रुव दत्तद्वारा अभिनित नयाँ चलचित्र ‘उल्झन’ मा ध्रुब दत्त लगायत रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ । चलचित्र उल्झनलाई युरोपका विभिन्न स्थानहरुमा पनि चाडै प्रदर्शन गरिने आयोजकहरुले बताएका छन् ।
भीडीयो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।