Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
नेपाली लोकदोहोरीको क्षेत्रमा एक दशक भन्दा बढी कृयाशील रहेर आफूलाई सफल लोकदोहोरी गायीकाको रूपमा स्थापित गराउन सफल गायीका हुन कला पंगेनी । यतिबेला उनि नेपालका विभिन्न स्थानमा हुने महोत्सव, औद्योगिक व्यापार मेलामा लगायत स्कुलहरुमा हुने स्वर्ण महोत्सवमा पनि व्यस्त रहँदै आइरहेकीछन् । ‘बोले हुन्न र’ बोलको गीतबाट औपचारिक सांगीतिक यात्रा गरेकी गायिका कलाले स्कुलमा पढ्दादेखि नै स्टेजमा गीत गएर थुप्रै पुरस्कारहरु हात नापारेकी भने हैनन् । हिजोआज कला विशेषगरी स्टेज कार्यक्रमहरुमा व्यस्त रहँदै आएकीछन । बाँकेको कोहलपुरमा आयोजना गरिएको कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको अवसरमा गायिका कला पंगेनीले मेरो माया ल्याइदिनेलाई पच्चिस हजार बोलको गीत गाउँदा दर्शकहरुको भीड रोक्न प्रहरीलाई पनि धौ धौ परेको थियो । सोहि महोत्सवमा पछिल्लो समयका युवा गायक राजन राज सिवाकोटीले कुटुमाकुटु सुपारी दाना, सुर्के थैली खै, पूर्व पश्चिम रेल लगायतका गीतले मनोरंजन गराएका थिए । सुरिलो स्वरका धनी लोक गायक दिपक गरौजाले पनि सुमधुर गीत प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए । चर्चित नृत्य निर्देशक शंकर विसी र नृत्यङ्गना अञ्जली अधिकारीले पनि नृत्य गरेर दर्शकहरुलाई मनोरंजन दिलाएका थिए । यसैगरी प्रदेश नं ४ स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाको रुपमा पा“चौ स्याङजा महोत्सवमा पनि गायिका कलाले आफ्ना थुप्रै गीतहरु मार्फत दर्शकहरुलाई मनोरंजन दिलाएकी थिइन् । उक्त महोत्सवमा पनि जवानीको जोश, शीरमा ढाका टोपी, पच्चीस हजा, रोइला गित लागतका आधा दर्जन गीतहरु गएर उपस्थी हजारौं दर्शकहरुलाई भरपुर मनोरंजन दिलाएकी थिइन् । साथै चितवन जिल्लाको देउचुली नगरपालिकास्थित नवलपुर जनज्योती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम पनि गायिका कलाले सांगीतिक मनोरंजन प्रदान गरेकी थिईन । ४ नम्बर प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङको समेत सहभागीता रहेको उक्त स्वर्ण महोत्सवमा कलाले मन बिगार्ने रानी, जवानीको जोश, शीरमा ढाका टोपी, पन्चे बाजा, रोइला, रत्त्यौली, भजन लगायतका थुप्रै प्रस्तुतुहरु पस्केकी थिइन् । गायक साथमा राजेन्द्र कंडेलले पनि आफ्ना सुमधुर गीतहरु मार्फत मनोरंजन दिलाएका थिए । गायिका कला पंगेनीको मुहार हसिलो, यहि बर माग्छु, नदेखाउ है छायाँ गुन्द्री तानेर, शिरमा ढाका टोपी, जवानी को जोश, म त पुरुष मान्छे, जोगाउनुछ काला पानि, रोइला, पन्चे बाजा, रत्यौली, तीज गीतहरुले नेपाली सांगीतिक बजारमा राम्रै चर्चा बटुल्न सफल भएका छन् । स्टेज कार्यक्रममा दर्शकहरुलाई झुमाउना सक्ने खुबी भएकी सुमधुर स्वरकी धनि अनि सरल स्वभावकी गायिका कला पंगेनी स्वदेशमा मात्र हैन विदेशका कार्यक्रममा पनि उत्तिकै सहभागिता हुदै आएकी छन् । समाज र परम्परालाई सुहाउँदो र मिल्ने खालका गीत संगीतहरुलाई नै बढी रुचाउने र आफ्नो प्रथामिकतामा पर्ने उनि बताउछिन । आफू र आफ्नो पेशाको सम्मान ररिने खालको कार्यक्रममा जान रुचाउने कला आवश्यक परेको खण्डमा सेवा र सहयोग पनि गर्दै आएको बताउछिन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।