Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष्य हरिकृष्ण न्यौपानेमाथि १८ फेब्रुअरीका दिन गरिएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ यूकेले प्रेस विज्ञप्ति जारि गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते तुल्याएको घटनाप्रति भर्त्सना गर्दै महासंघका अध्यक्ष नरेश खापंगी मगरद्धारा सोमवार विज्ञप्ति जारि गरिएको छ ।
पत्रकार महासंघ यूकेद्वारा जारि प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि हिजो १८ फेव्रुअरी २०१८ आइतवारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते तुल्याएको घटनाको नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भर्त्सना गर्दछ । अध्यक्ष तामाङले फोन गरी विशेष कुराकानी गर्न महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको फरवानियास्थित कोठामा बोलाई साँझ ६ बजे करिब कुटपिट गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । म्यानपावर व्यवसायीसमेत रहेका तामाङले अन्य सहयोगीका साथ घरेलु हतियारले आक्रमण गर्न थालेपछि उनी त्यहाँबाट भागेर ज्यान बचाउन सफल भएका थिए । न्यौपाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् र आक्रमणकारीलाई कारबाही गर्न नेपाली दूतावास कुवेत, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति लगायतमा उजुरी दिएका छन् । कुनै पनि समाचारका विषयमा असहमति भए कानुनी उपचार खोज्नुको सट्टा आक्रमणमा उत्रने जस्तो निकृष्ट कार्यमा संलग्न तामाङलाई एनआरएन कुवेतको अध्यक्ष पदबाट तत्काल निलम्बन गरी सत्यतथ्य पत्ता लगाउन गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिसमक्ष नेपाल पत्रकार महासंघ बेलायत शाखा माग गर्दछ । साथै, घटनाका दोषीहरूलाई कारवाहीको दायरामा ल्याउन नेपाली दुतावास कुवेत, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, कुवेत, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, काठमाडौं र परराष्ट्र मन्त्रालयसँग शाखा जोडदार माग गर्दछ । विदेशस्थित नेपालीहरु एक-अर्कामा हातेमालो गरी अघि बढ्नुको सट्टा आक्रमणमा ओर्लिदा पत्रकार र एनआरएनएबीच तिक्तता बढ्ने तथा नेपालीबाट नेपाली नै असुरक्षित हुने घटनालाई तत्काल रोक्न आवश्यक पहल गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिसमक्ष हामी विनम्र अनुरोध गर्दछौं ।
नरेश खपाङगी मगर
अध्यक्ष
१९ फेब्रुअरी २०१८
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।