Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
प्रेस विज्ञप्ति
नेपाली दूतावास लन्डनले संयुक्त अधिराज्यको वेल्सको राजधानी कार्डिफमा २०७४ फाल्गुण ६ गते एक विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । नेपाली दूतावास लन्डनद्वारा जारि प्रेस विज्ञप्ति मार्फत उक्त कुराको जानकारी गराइएको हो । लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था र समाजका पदाधिकारी र प्रतिनिधि समेत गरी दुई सयभन्दा बढी नेपाली र वेलायती नागरिकहरुको उपस्थिति रहेको सो समारोहमा प्रमुख अतिथी वेलायती सांसद क्रिस डेविस को उपस्थिति रहेको थियो । समारोहमा कार्डिफ, ब्रेकन, बनाथ र तालघाट नगरका मेयर, वेल्स संसदका सदस्य र पदाधिकारीहरु एवं नेपाल र नेपालीसंग सम्बद्ध गैरसरकारी संस्थाका प्रमुख र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
समारोहमा स्वागत मन्तव्यका क्रममा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्र्थापना गर्न जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै लोकतन्त्रको उज्यालोमा नेपालमा नागरिक अधिकार, वालिग मताधिकार र मानवाधिकारको जग बसेको बताएका थिए । यसै वर्ष स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्माननीय श्री के.पी.शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद गठन भई तीनै तहमा सरकार निर्माण भइसकेको बताउंदै राजदूत डा. सुवेदीले राजनैतिक उपलव्धीहरु संस्थागत भई मुलुकमा राजनैतिक स्थायित्व हाँसिल भइसकेको परिप्रेक्ष्यमा अब मुलुकको एक मात्र लक्ष्य आर्थिक विकास र समृद्धि रहेको प्रकाश पारेका थिए ।
नेपाली राजदूतावास लन्डनद्वारा जारि प्रेस विज्ञप्ति
राष्ट्रिय प्रजातन्त्र दिवशको शुभ उपलक्ष्यमा नेपाली राजदूतावासले संयुक्त अधिराज्यको वेल्सको राजधानी कार्डिफमा २०७४ फाल्गुण ६ गते एक विशेष समारोहको आयोजना गरी मनाएको छ । लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, स्वान्सी, कुम्ब्रान, न्यूपोर्ट, निथ र एवरगामानी लगायतमा बसोबास गर्ने नेपालीहरु, गैर आवासीय नेपाली संघ लगायत नेपाली संघसंस्था र समाजका पदाधिकारी र प्रतिनिधि समेत गरी दुई सयभन्दा बढी नेपाली र वेलायती नागरिकहरुको उपस्थिति रहेको सो समारोहमा वेलायती सांसद सम्माननीय श्री Chris Davies प्रमुख अथिति रहनुभएको थियो । समारोहमा कार्डिफ, ब्रेकन, बनाथ र तालघाट नगरका मेयर, वेल्स संसदका सदस्य र पदाधिकारीहरु एवं नेपाल र नेपालीसंग सम्बद्ध गैरसरकारी संस्थाका प्रमुख र पदाधिकारीहरुको उपस्थिति रहेको थियो । समारोहमा स्वागत मन्तव्य दिनुहँ’दै संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा= दुर्गा बहादुर सुवेदीले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्र्थापना गर्न जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुहँुदै लोकतन्त्रको उज्यालोमा नेपालमा नागरिक अधिकार, वालिग मताधिकार र मानवाधिकारको जग बसेको बताउनु भयो ।यसै वर्ष स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई सम्माननीय श्री के=पी=शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद गठन भई तीनै तहमा सरकार निर्माण भइसकेको बताउनु हँुदै राजदूत डा= सुवेदीले राजनैतिक उपलव्धीहरु संस्थागत भई मुलुकमा राजनैतिक स्थायित्व हाँसिल भइसकेको परिप्रेक्ष्यमा अब मुलुकको एक मात्र लक्ष्य आर्थिक विकास र समृद्धि रहेको प्रकाश पार्नु भयो । मुलुक आर्थिक विकासको मार्गमा अग्रसर भइरहेको यस घडीमा देश बाहिर रहेका नेपालीहरुको पनि आर्जित पूँजी, शिक्षा, दक्षता र अनुभवद्धारा नेपालमा योगदान अपरिहार्य रहेको बताउनु हुँदै महामहिम डा. सुवेदीले नेपाल र नेपालीलाई कष्ट र कठिनाई पर्दा वेलायतवासी नेपालीहरुको सधैं साथ र सहयोग रहेको बताउनु भयो । समारोहमा प्रमुख अथितिको आसनबाट मन्तव्य व्यक्त गर्नुहँुदै वेलायतको प्रतिनिधि सभाका सदस्य सम्माननीय श्री Chris Davies ले यसैवर्ष तीन तहको निर्वाचनद्धारा विधिवत सरकार गठन भई नेपालमा लोकतन्त्र संस्थागत हुनुका साथै राजनैतिक स्थायित्व हाँसिल भएको परिप्रेक्ष्यमा अबको नेपाल र नेपालीको गन्तव्य आर्थिक विकास रहनु उपयुक्त रहेको विचार व्यक्त गर्नु भयो । दुई सय वर्ष भन्दा लामो दौत्य सम्बन्ध रहेको वेलायत र नेपालबीचको सम्बन्ध सुमधुर, प्रगाढ मात्र नभई ऐतिहाँसिक रहेको बताउनु हँुदै नवनिर्वाचित सरकारलाई वेलायत सरकार, वेलायती संसद र वेलायती जनताको सहयोग र समर्थन रहने बताउनु भयो । लण्डनस्थित नेपाली राजदूतावासको सक्रियता र सार्थक गतिविधिहरुको प्रशंसा गर्नुहँुदै प्रमुख अथिति सम्माननीय श्री Davies ले वेलायतको नेपाली समाज संगठित, गतिशील र जीवन्त रहेको उल्लेख गर्नु भयो । कार्यक्रमको दोस्रो खण्डमा स्थानीय नेपाली कलाकारहरुद्धारा नेपाली संस्कृति झल्कने एक सांस्कृतिक कार्यक्रमको प्रस्तत् गरिएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली दिवा भोजको आयोजना गरिएको थियो ।
मिति – १९ फेब्रुअरी २०१८ -२०७४ फाल्गुण ७
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।