Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके, 
लन्डन, रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ को रेड कार्पेट शो बेलायतमा हुने भएको छ । बेलायतमा बसोवास गर्दै आएका नायक ध्रुव दत्तद्वारा अभिनित नयाँ चलचित्र ‘उल्झन’ मा ध्रुब दत्त लगायत रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ । आउँदो मार्च १८ तारिखका दिन अल्डरसटस्थित एम्पाएर हलमा ‘उल्झन’को रेड कार्पेटको आयोजना गरिएको नायक ध्रुब दत्तले जानकारी दिएका छन् । चलचित्र उल्झनको बेलायतका अन्य क्षेत्रमा समेत चलचित्र प्रदर्शन गरिने भएको छ । मार्च २५ आइतबारका दिन लण्डनको ह्यारो बरो फुटबल क्लबमा उल्झनका दुई वटा शो गरिने भएको छ । चलचित्रलाई रेडिंग, स्विंडन , बेजिंगस्टोक , ननिटन, बर्मिंगहम, योर्क तथा स्कटल्याण्ड लगायतका विभिन्न स्थानहरुमा पनि प्रदर्शन गरिने भएको छ । आसुतोष फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र उल्झनलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कंडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरि कृष्ण कार्की र नबिन अधिकारी छन् । चलचित्र उल्झनलाई युरोपमा पनि चाडै प्रदर्शन गरिने तयार भइरहेको र चाडै मिति तय गरिनेछ । साथै उक्त चलचित्रलाई नेपालमा पनि प्रदर्शनीको तयार भैरहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





