Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा पुगेका युवा नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ यहि आउँदो फेब्रुअरी २५ तारिखका दिन लन्डनस्थित अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शनी गरिने भएको छ । उक्त चलचित्रलाई नेपाली कला र संस्कृतिको विकास र कलाकारहरुको हितको लागि कृयाशील रहँदै आएको सपन इन्टरटेनमेन्ट लिमिटेडले प्रस्तुत गर्न लागेको हो । निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टार फिल्म कृले नेपालमा अत्यधिक सफलता प्राप्त गरेको छ । यस चलचित्रलाई निर्माताद्वय सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । यस चलचित्र निर्माणमा साँढे २ करोड भन्दा बढी लगानी भएको छ । लभर ब्वाईको रुपमा प्रस्तुत हुँदै आएका नायक अन्मोलले निकै लामो मिहिनेतका साथ् आफ्नो लुक परिवर्तन गरि एक्सन हिरोको रुपमा देखा परेका छन् । यस चलचित्रमा प्रेम र एक्सनको समिश्रण रहेको छ । चलचित्रमा अनमोल र अदितीका साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राना, लक्ष्मी गिरी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् । सोहि चलचित्रमा रहेको ‘यति यति पानि’ बोलको गीत निकै चर्चाको शिखरमा पुग्न सफल भएको छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।