Home > Programs > Audio Notes > नेपालका ४१औं प्रधानमन्त्री केपी ओलीको जीवनी – अडियो सहित

नेपालका ४१औं प्रधानमन्त्री केपी ओलीको जीवनी – अडियो सहित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
नेपालको ४१औँ प्रधानमन्त्रीको रूपमा केपी (खड्गप्रसाद) ओली दोस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका छन् । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय रहेका खड्ग ओली (केपी ओली) बिहीबार दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । संविधानको धारा ७६ (२)मा उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ, भनी उल्लेख छ । सोही अनुरुप संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको सपथ दिलाइएको हो । उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । यसअघि पनि वि.स.२०७२मा ३८ औं प्रधानमन्त्रीको रुपमा ओली पहिलोपटक प्रधानमन्त्री भैसकेका छन् भने उनले नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एव म परराष्ट्रमन्त्रीसमेत भएका छन् । २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् । स्व.मनरथ ओली तथा स्व. राममाया ओलीका नाति तथा पिता मोहनप्रसाद ओली माता मधु ओलीको कोखबाट जन्मिएका ओली झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उनको परिवार निकै विपन्न थियो । केपी ओलीले डेढवर्षकै उमेरमा मातृवियोग सहनुपरेको थियो । त्यतिबेला ओलीको परिवार सुकुम्बासी समेत भएको थियो ।

सुन्नको लागि प्ले गर्नुहोला ।

कन्काइमा आएको बाढीले घर जग्गा सबै बगाउँदा उनको परिवार सुकुम्बासी भएको थियो । सानैमा आमाको माया गुमाएका ओलीले बाल्यकाल निकै कष्ट सहेर बिताएका थिए । केपीलाई हजुरबा र हजुरआमाले हुर्काएका हुन् । अधययनकै क्रममा झापा आन्दोलनका शहीद रामनाथ दाहालसँग भेट भएपछि ओली राजनीतितर्फ तानिन थालेका थिए । श्रीमती राधिका शाक्यसँग बैवाहिक सम्बन्ध भएका ओलीका सन्तान भने छैनन् । झापा जिल्लाबाट शुरु भएको उनको राजनीतिक यात्रामा प्रशस्त जेलनेल भोगिसकेका छन् । झापा विद्रोहमा सम्मिलित प्रमुख भूमिका निर्वाह गर्ने ओली हाल एकमात्र जीवित नेता हुन् । कट्टर र निडर स्वभावका ओली उखान टुक्काको माध्यमबाट व्यंग्य हान्न निकै खप्पिस मानिन्छन । २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका थिए । त्यस्तै उनले वि.सं. २०५१ देखि २०५२सम्म उनी गृहमन्त्री थिए । ०६४ देखि ०६५सम्म ओली उपप्रधान एवम परराष्ट्रमन्त्री भएका थिए भने नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरू मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र हुन् । त्यस्तै गरी अन्तिम पटक अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०५८ माघ १९ को ‘कू’मा नजरबन्द समेत रहेका थिए । बुर्जुवा शिक्षाको विरोध भन्दै शैक्षिक प्रमाणपत्र च्यात्ने समूहका सदस्य ओलीको शैक्षिक योग्यता भने सामान्य रहेको छ । झापाबाट अध्ययन सुरु गरेका ओलीले कक्षा ४सम्मको अध्ययन गाउँमै पूरा गरेका थिए भने झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका हुन् । विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपालसँगको प्रतिस्पर्धा जितेर पार्टीको अध्यक्ष भएका उनी २०७० माघ २१मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजीत गरी दलको नेता भएका थिए । मुलुक सङ्घीयतामा गएपछिको पहिलो प्रधानमन्त्रीको रूपमा सपथ लिएका केपी शर्मा ओलीका अगाडि थुप्रै चुनौतीहरू रहेका छन् । भारत र चीनजस्ता शक्तिशाली छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई समानान्तर र मैत्रीपूर्ण बनाएर अघि बढ्नु उनको लागि प्रमुख चुनौतीरहनेछ । राजनीतिक यात्रामा प्रशस्त अनुभव बटुलिसकेका ओलीले देशका सबै क्षेत्रको भ्रमण गरिसकेका छन् भने थुप्रै विदेशी मुलुकहरुको पनि भ्रमण गरिसकेका छन् । शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राख्दै आएका ओलीले देशको भविष्यलाई कसरी अगाडि बढाएर देश र जनताको मन जित्नेछां त्यो भने भाविश्यल्व नै बताउनेछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन – चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी …