Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
नेपाली सांगीतिक धरातलमा लामो समयदेखि निरन्तर रुपमा उदाउदै आइरहेका सदाबहार गायकहरू मध्ये हिमाल सागर अग्र पंक्तिमा पर्दछन । पछिल्लो समयमा निकै व्यस्त रहँदै आएका हिमाल सागरले निरन्तर रुपमा विभिन्न किसिमका लोकप्रिय गीतहरू दर्शक स्रोताहरुमाँझ पस्कंदै आइरहेका छन् । प्रेम दिवसको ठिक एकदिन अगाडी पारेर गायक हिमाल सागरको आफ्नै संगीत अनि स्वरमा सजिएको आधुनिक गीत ‘भन्ने गर्थ्यौ’ बोलको गीतको म्यूजिक भीडीयोलाई धौलागिरी क्यासेट सेन्टरले युट्युब मार्फत सार्वजनिक गरेको छ । हिमाल सागर स्वयंको अभिनय रहेको यस गीतमा हिमाल सागर शब्द र दिनेश भारतीको शब्द रहेको छ । अर्जुन अधिकारीले निर्देशन अनि उत्सव दाहालको छांयाकन रहेको उक्त गीतको भिडियोलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सन्जय हमालको संगीत संयोजन रहेको उक्त गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ गरेका हुन् । आफ्नी प्रेमीकाबाट आशा गरे अनरुप नाभएपछी गीतमार्फत आफ्ना भावनाहरु पोख्न खोजिएको यस गीतका शब्दहरु अनि अभिनय पनि निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । मायालु जोडीका लागि निकै महत्वपूण अवसरका रुपमा हेरिंदै आएको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस आउनु ठिक एकदिन अगाडी हिमाल सागरको उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





