Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो,यूके,
लन्डन, हरेक वर्षको फेब्रुअरी १३ तारिखका दिनलाई संसारभर विश्व रेडियो दिवसका रुपमा मनाउँदै आइएको छ । संसारमै सूचनाको क्षेत्रमा सबैभन्दा सजिलो तथा प्रभावकारी माध्यमको रुपमा रेडियोलाई लिने गरिन्छ । आपतकालीन अवस्था देखि पढ्न र देख्न नसक्नेहरुका लागि पनि रेडियो प्रभावकारी हुने गर्दछ । सन् २०११ नोभेम्बर ३ तारिखका दिन स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवस मनाउने घोषणा गरेको हो । तेसबेला मुख्यतया ३ वटा बुंदाहरु, बच्चा र यूवा वर्गहरुको लागि रेडियो, रेडियो पत्रकारिताको सुरक्ष्या र शर्टवेभ रेडियो प्रशारणको भविष्य जस्ता विषयलाई अगाडि सारिएको थियो । संचार माध्यमको महत्वपूर्ण अंग मानिएको रेडियोलाई सम्मान र प्रसारकहरुबीच अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न विभिन्न नेटवर्क र सामुदायिक रेडियोहरुको सूचनाको पहुँचलाई बढावा दिनको लागि रेडियो दिवस मनाउन लागिएको हो । रेडियोको व्यावसायिक प्रशारण शुरु गरिएको ९८ वर्ष भैसकेको छ भने नेपालमा रेडियो प्रशारण शुरु भएको ६७ वर्ष भैसकेको छ । वि.स. २००३मा भोजपुरमा रेडियोको प्रशारण शुरु भएतापनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोको नाममा रेडियोको संचालन गरिएको हो । नेपालमा २०५२ सालदेखि एफएम रेडियोको प्रशारण शुरु भएको हो । इन्टरनेटको सुविधा बढेसँगै हिजोआज अनलाइन रेडियोहरू पनि प्रशस्त मात्रामा मौलाएका छन् ।
रेडियो दिवसको उपलक्ष्यमा सम्पूर्ण स्रोताह्रुप्रती समर्पित एउटा सामग्री’सम्बन्ध विच्छेद’ सुन्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।