Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । पत्रकार चिरन शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय समिति अन्तरर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनयन भएका छन् । शर्मालाई नेपाल पत्रकार महासंघको काभ्रेको धुलिखेलमा सम्पन्न वैठकले सो समितिमा मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ वेलायत शाखाको निवर्तमान अध्यक्ष समेत रहेका शर्माले नागरिक दैनिकसंग आबद्ध छन् । यस्तै नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश खपांगीलाई समेत सोही समितिमा मनोनयन गरिएको छ । महासंघका अध्यक्ष गाविन्द आचार्यको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा महासचिव रमेश विष्ट रहेका छन् । समितिका सदस्यहरुमा अनिता विन्दु, श्वेता सिन्हा, टीकाराम प्रधान, राधेश्याम दाहाल, हेमन्त काफ्ले, भूषण घिमिरे, धर्मेन्द्र कर्ण, राजकुमार दिक्पाल, संजय घिमिरे, दिवाकर बागचन्द, आङछिरीङ्ग शेर्पा, पवन वर्षा शाह, सरिता ढकाल, शान्ता बस्नेत गणेश बन्जाडे, दामोदर नेपाल, चेतनाथ आचार्य, नरेश खपाङगीमगर, भूपराज बस्याल, लोकेन्द्र शाह, खेम कार्की, चिरन शर्मा र भोला आचार्य छन् । समितिको गठन पछि महासंघको संस्थागत विकासको पक्षमा अन्तराष्ट्रिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





