एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा हुँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन एआरएन यूकेले विधान अनुरुप हरेक दूइ वर्षमा गर्ने काउन्सिल बैठक यहि आगामी सेप्टेम्बर २९ २०१८ सनिवार का दिन अल्डरशट स्थित एम्पायर हलमा गर्ने भएको छ। बिहान ठिक ११.०० बजेदेखि सुरु हुने उक्त बैठकमा यू के स्थित समस्त नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिब वा दूइजना प्रतिनिधि सभामा सहभागी हुने कुरा एन आर एन यू केका उपाध्यक्ष तथा संघ संस्था बिभाग प्रमुख पुनम गुरुंगले बताइन । उक्त सभा एन आर एन यू केको दूइ बर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण सभा भएकोले यू के स्थित समस्त नेपाली संघ संस्थाको दुरुस्त अध्याबधि सुरु भैसकेको छ भने कुनै कारणबस कुनै संस्था नछुटोस भन्नाका लागि संघ संस्था बिभाग प्रमुख एवं एन आर एन यू के का उपाध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संघ संस्था बिभाग उपसमिति गठन भै सको मात्र नभई उक्त उपसमितिलाई दिशा निर्देशार्थ ३ जना सल्लाहाकार समेत मनोनित गरिएको कुरा उपसमिति सदस्य सचिव रोहित गुरुङले बताए भने उक्त उपसमितिमा अध्यक्ष एन आर एन यू केका उपाध्यक्ष पुनम गुरुङ, सदस्य सचिब रोहित गुरुङ, सदस्यहरु ज्योत्सना बस्नेत, मिलन गुरुङ र माधव श्रेष्ठ अनि सल्लाहाकारमा डा. चन्द्र लक्सम्वा, भक्त गुरुङ र जीव बेलबासे रहेका छन । सभालाइ सफल एवं सार्थक बनाउन अहिलेदेखि नै काम सुरु भैसके पनि उपसमितिले विभिन्न माध्यमबाट संघ संस्थाको सम्पर्क फोन नम्बर, इमेल, अध्यक्ष तथा महासचिवको नाम आदि पत्ता लगाउन हरसम्भव कोशिस भैरहेको र यसलाई अझ सहज बनाउन तपशिलका व्यक्तिको, फोन, इमेल आदिमा आफ्नो संस्थाको नाम, इमेल, अध्यक्ष र सचिवको नाम सम्पर्क इमेल, फोन नम्बर यथासक्य छिटो उपलब्ध गराइदिनुहुन श्रदेय समस्त यू के स्थित नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महा सचिब एवं सम्पूर्ण कार्यसमितिका सदस्य ज्यू हरुमा सिंगो एन आर एन यू केको तर्फबाट संघ संस्था बिभाग उपसमितिले हार्दिक आव्हान गरेको छ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित