Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,

सत्ताइस वर्ष पुगिन् उनी, डीभी परेर पाँचवर्ष अघि अमेरिका आएकी उनी अहिले कम्प्युटर ईन्जिनियरिङ्ग गर्दैछिन्। पार्टटाइम काम र ट्युसन फीका लागी नपुग रकम सरकारी कर्जा। पढाइलाई निरन्तरता दिएकै छिन्।
उता नेपालमा रहेका आमाबाबुलाई भने छोरीको बिहे गर्न पाए हुन्थ्यो भन्ने पिरले सताउन थालेछ। छोरीको बिहेका लागि अमेरिका मै पढेलेखेको, कामकाजी र सेटल भएको केटा खोज्ने उनीहरुको चाहना थियो। उनीहरुको रोजाईमा किन यस्तै केटा त? अमेरिका पढेकी छोरीले नेपालमा आएर अर्काको घरमा बुहारी हुँदै कामकाज गर्दा दु:ख पाउँछे भनेर पो रहेछ । उनको चाहना भने फरक छ। आमाबुवा कि एकमात्र सन्तान भएकोले आफ्ना अभिभावकको हेरचाह गर्ने आफ्नो कर्तब्यबोध छ उनलाई। आफूले सिकेको शिक्षालाई आफ्नै मात्रुभूमिमा खर्चने चाहना पनि छ। त्यसैले बिहेपछि नेपालमै सेटल हुने उनको चाहना छ ।
बाँकी पढ्नको लागि यहाँ क्लोक गर्नुहोला ।
अडियोमा सुन्नको लागि प्ले गर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





