Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
लन्डन, नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले आगामी मार्च १० तारिखका दिन द्वन्द्वपीडित बालबालिकाहरुको सहयोगार्थ ‘लन्डन कविता कन्सर्ट’ च्यारिटी नाइट २०१८ को आयोजना गर्ने भएकोछ । संकलित रकमलाई मधेश आन्दोलन र द्वन्द्वकालमा अभिभावक गुमाएका बालबच्चाहरुको संरक्षण गर्दै आइरहेको सर्लाही जिल्लाको हरिवन घुर्क्यौलीस्थित चेतना सन्देश नेपाललाई सहयोग गर्ने आयोजकहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । हाल उक्त संस्थाले ४२ जना बालबालिकाहरुको संरक्षण गर्दै आएको छ भने सुरक्षित बसोवासको अभावमा अहिले एकै कोठामा बस्न बाध्य भएका छन् । छुट्टै आवास कक्ष बनाउने तथा ई लाइब्रेरी सञ्चालन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम गर्न लागिएको हो । बेलायतमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त कविता कन्सर्टमा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित नेपालका युवा कवि नवराज पराजुली लगायत बेलायतवासी स्थानीय कवि तथा कवियत्रीहरुद्वारा कविता बाचन गरिने छ । १८ हजार पाउण्ड संकलन गर्ने लक्ष्य रहेको उक्त कार्यक्रममा करिब ५ सय दर्शकहरुको सहभागीता रहने सो कार्यक्रमको अनुमानित खर्च ८ हजार पाउण्ड रहेको र कार्यक्रमबाट १० हजार पाउण्ड बचत गरी सहयोगको लागि छुट्याइने योजना रहेको आयोजकहरुले बताएका छन् । कार्यक्रममा सहयोग गर्न सम्पूर्ण सहयोगी मनहरुको लागि नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले अनुरोध गर्दै १ हजार पाउण्ड सहयोग गर्नेलाई गोल्ड पार्टनर, ५ सय पाउण्ड सहयोग गर्नेलाई सिल्भर पार्टनर र ३ सय पाउण्ड सहयोग गर्नेलाई ब्रोन्ज पार्टनरका रुपमा कार्यक्रममै मायाको चिनो प्रदान गर्ने, उनीहरुको व्यवसायको प्रबद्र्धनका लागि प्लेटफर्म उपलब्ध गराउन, कार्यक्रमका लागि २ देखि ४ वटासम्म पास उपलब्ध गराउने लगायतका विभिन्न सुविधा दिने योजनाहरू पनि सार्वजनिक गरेको छ । समाज सेवा तथा प्रवासमा भाषासाहित्यलाई पनि प्रबर्धन गर्ने उद्देश्यले गरिने ‘लन्डन कविता कन्सर्ट’ च्यारिटी नाइट २०१८ लण्डनस्थित ग्रीनफोर्ड टाउनहलमा सम्पन्न हुनेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।