Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले आगामी मार्च १० तारिखका दिन द्वन्द्वपीडित बालबालिकाहरुको सहयोगार्थ ‘लन्डन कविता कन्सर्ट’ च्यारिटी नाइट २०१८ को आयोजना गर्ने भएकोछ । लण्डनमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त कविता कन्सर्टमा नेपालका युवा कवि नवराज पराजुलीको समेत उपस्थिति रहने भएको छ । यसका साथै बेलायतवासी स्थानीय कवि तथा कवियत्रीहरुद्वारा पनि कविता बाचन गरिने जानकारी आयोजकले दिएका छन् । भाषा, साहित्य र सस्कृतीको जगेर्ना एवं द्वन्दमा परेर आफ्नो उज्वल भविष्य निर्माण गर्नबाट बन्चित रहेका सिमांकृत तराईका द्वन्द पिडीत बालबालिकाहरुको सपना साकार पार्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन् । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहाभागी भएर द्वन्दमा अबिभावक गुमाएका बालबालिकाहरुलाई सहयोग गरि समाज सेवा गर्न र श्रष्टाहरुको सम्मान गर्नको लागि कार्यक्रम संयोजक तथा एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडा र संयोजक नेप्लिज ब्रिटिस कम्युनिटीका अध्यक्ष्य मिलन घिमिरेले सम्पूर्ण बेलायतवासीहरुलाई अनुरोध गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।