Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो, यूके
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा नेपाल पत्रकार महासंघ यूकेका निवर्तमान अध्यक्ष्य चिरन शर्मालाई केन्द्रीय मीडिया समितिमा चयन गरेको छ । तेस्तै गरि समितिको सदस्यमा बेलायतका पत्रकारद्वय फडिन्द्र भट्टराई त पराजय शुल्क पनि मनोनित भएका छन् । सो समितिको सहसंयोजकमा अमेरिका क्षेत्रबाट विजय घिमिरे र अष्ट्रेलियाबाट हेमन्त काफ्ले मनोनयन भएका छन् । संघका प्रवक्ता भूषण घिमिरेद्वारा जारि विज्ञप्ति मार्फत उक्त कुराको जानकारी गराइएको हो । साथै समितिका अन्य सदस्यहरुमा डिल्ली ढकाल अष्ट्रेलिया, बुद्धिसागर घिमिरे न्यूजिल्याण्ड, रामचन्द्र गिरी मलेसिया, किसन राई हङकङ, आनन्द कोइराला जापान, दिल कुमार श्रेष्ठ कतार, मेघराज सापकोटा युएई, नवराज विके कतार, शुक्र लामा सउदी अरेबिया, बसन्त रानाभाट स्पेन, होम प्रसाद लम्साल अमेरिका, आङ छिरिङ शेर्पा अमेरिका र गोकुल लामिछाने क्यानडा सदस्यमा मनोनित भएको सोमबार जनाएका छन्।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।