Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
नरेन्द्र बस्नेत, गोर्खा अनलाइन रेडियो यूके,
यहीं धर्तिको धुलो र माटोमा, रुन्छु बरु हाँस्नुको साटोमा, यो दिल भित्र तिमि रहुन्जेल,तब सम्म यो ज्यान केहि नभए तिमीलाई माया गर्छु बाचुन्जेल…………..
आफ्ना सृजनाहरुलाई मात्र यस संसारमा सिमित राख्दै यो धर्तीबाट बिदा भएका सुमधुर स्वरका धनि स्व.सुजन धमला र देवी घर्तीको स्वरमा सजिएको “यो दिल भित्र” भन्ने बोलको लोक दोहोरी गीत भर्खरै मात्र मोडेल दिपक डोटेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । स्व.सुजन धमलाको शब्द तथा संगीत रहेको यस गीतको म्यूजिक भीडीयोमा दिपक डोटेललको निर्देशन,विरेन्द्र भट्टको छायांकन तथा जेब्रा क्रियशनको दृश्य सम्पादन रहेको छ । उक्त म्यूजीक भीडीयोमा दिपक डोटेल र हेमा थापाको जोडदार अभिनय देख्न सकिन्छ । माया प्रेमका भावनाहरुलाई उनेर लोक लयमा सबैकासामू प्रस्तुत गर्ने गायक अनि शब्द संगीतको सृजना गर्ने स्व. सुजन धमला भने गीतमा भनिए झैं “यो दिल भित्र तिमि रहुन्जेल,तब सम्म यो ज्यान केहि नभए तिमीलाई माया गर्छु बाचुन्जेल” छोटो समयसम्म मायाँ गरेर संधै संधैका लागि विदा भैसकेका छन् ।
म्यूजिक भीडीयो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।