गोर्खा अनलाइन रेडियो यूके,
ग्लोबल आईएमई बैंकले बेलायतको अल्डरसटमा स्थापना गरिएको सम्पर्क कार्यालयको आज एक विशेष कार्यक्रमाबीच औपचारिक रुपमा स्थापना गरेको छ । प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर आइएमई बैंकको सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाल, उध्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका सीइओ चन्द्र ढकाल र जनक शर्मा पौडेल बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवदी, स्थानीय काउन्सिलर मेयर, एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार हेमराज शर्मा ,एनआरएन यूके अध्यक्ष योग फगामी, महासचिव आरके त्रिपाठी, ग्लोबल आइएमई बैंकका बेलायत प्रतिनिधि अमित चालिसे, आइएमईका कमल पौडेल सहित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । अष्ट्रेलिया तथा भारतमा समेत आफ्नो सम्पर्क कार्यालय स्थापना गरिसकेको ग्लोबल आइएमइ बैंक नेपालको ‘क’ वर्ग अन्तर्गत संचालित बैंक अन्तर्गत पर्दछ । यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इएर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो । करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन् ।
तस्विर-लन्डन नेपाल न्यूज
Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)