गोर्खा अनलाइन रेडियो यूके,
“चारै दिशा बाँडिने अन्तिम मोडमा” बेलायतमा बसोवास गर्दै आएका गीतकार दीप गिरीको शब्द सृजना रहेको ‘चारै दिशा’ बोलको गीतको म्यूजिक भीडीयोलाई बुढासुब्बा म्यूजिक कम्पनीले भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक गरेको छ । भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको सुमधुर स्वरमा सजिएको उक्त गीतमा अहिलेका लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् । बि.स. २०५० को सेरोफेरोमा संगीतकार राजु सिंहको प्रतिविम्ब भाग २ एल्वम अन्तर्गत “सुनकेशरी” बोलको गीतवाट रचना सुरु गरेका गीतकार गिरीका “फुटेको ऐना” बोलको गीत गायक कर्ण दासले, त्यसैगरी योजना पुरीको समर्पण एल्वममा “मौका नै दिएनौ” नामको गीत सार्वजनिक भइसकेकाछन् भने केही गीतहरू निकट भविष्यमा चांडै आउने क्रममा छन् । शान थापाको निर्देशन तथा सौराप लामाको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन सपिम पराजुलीले गरेका हुन् । म्यूजिक भीडीयोमा निराजन प्रधान र संगीता नापितको जोडदार अभिनयले गीतका शब्दहरुलाई जीवन्तता प्रदान गरेको छ ।
म्यूजिक भीडीयो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





