Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो, यूके ![]()
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पुस २६ गते बुधबार विश्व ऊर्जा परिषदका महासचिव क्रिस्टोफ फेरीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । विश्व ऊर्जा परिषदका स्थायी प्रतिनिधिसमेत रहेका राजदूत सुवेदीले फेरीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालमा हालै भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन् । डा. सुवेदीले नेपालमा करिव ४३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जानकारी दिंदै आर्थिक विकासको मेरुदण्ड रहेको विद्युतको विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पानि बताए ।
फेरीले परिषदको स्थायी प्रतिनिधि भएकोमा सुवेदीलाई बधाई दिंदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए । उक्त समारोहमा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरणको समेत उपस्थिति रहेको लन्डनस्थित दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ।![]()
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
राजदुत डा. सुवेदीद्वारा बिश्व उर्जा परिषदमा स्थायी प्रतिनिधीको ओहोदाको प्रमाणपत्र पेस
राजदुत डा. सुवेदीद्वारा बिश्व उर्जा परिषदमा स्थायी प्रतिनिधीको ओहोदाको प्रमाणपत्र पेस
तपाईको प्रतिक्रिया





