बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सुजन पराजुली,
यही जनवरी २१ तारिखका दिन गभर्नर चिरन्जीवी नेपालद्वारा ग्लोबल आइएमइ बैंकको बेलायतस्थित सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिने भएको छ । गर्भनर नेपालका साथमा ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकाल समेतको टोलि लन्डन आउने भएको छ । एक दशकभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएको ग्लोबल आइएमइ बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ । १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायतमा पनि सम्पर्क कार्यालयको स्थापन गरेको हो । यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इएर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो । करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन् । अष्ट्रेलिया तथा भारतमा समेत आफ्नो सम्पर्क कार्यालय स्थापना गरिसकेको ग्लोबल आइएमइ बैंक नेपालको ‘क’ वर्ग अन्तर्गत संचालित बैंक अन्तर्गत पर्दछ । बेलायतमा पनि आफ्नो शाखा संचालन गर्ने उद्देश्यले सन् २०१७ को नोभेम्बर महिनाबाट बेलायतको अल्डरसटमा ग्लोबल आइएमइ बैंकले आफ्नो सम्पर्क कार्यालयको स्थापना गरी बैंक सम्बन्धी आवश्यक परामर्श दिंदै आइरहेको छ । शाखा संचालनको लागि बेलायतको व्यवस्था अनुसारका थुप्रै प्रकृयाहरू पूरा गर्नुपर्ने भएकोले केही समय लाग्ने हुँदा सम्पर्क कार्यालयको माध्यमबाट आवश्यक सरसल्लाह र सुझाव प्रदान गरिने बेलायतका लागि ग्लोबल आइएमइ बैंकका स्थायी प्रतिनिधि अमित चालिसेले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित