Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
भरत कार्की
लन्डन, नेकपा एमाले निकट प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाको १३औं बार्षिकोत्सब कार्यक्रम गत आइतबार साँझ लण्डनको ह्यार्रोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तैगरी विशेष अतिथिमा बेलायती संसद ब्यारी गार्डनर, ह्यार्रो लेवर ग्रुपकी प्रमुख प्यामेला,स्टिभ फरेष्ट एनआरएन आइसीसी कुल आचार्य लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा आइसीसी उपाध्यक्ष्य लगायतले संस्थाको प्रगतिको कामाना गर्दै शुभकामना व्यक्त गरेका थिए । नेपाल को विकासको लागि बेलायतवासी नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै प्रमुख अतिथि डा. सुवेदीले सम्पूर्ण प्रवासी नेपाली हरुलाई समेटेर हातेमालो गर्दै अगाडि बढे अँझै धेरै विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष्य नरेश खपाँगी मगर, प्रवासी नेपाली मंच बेलायतका अधक्ष्य राजेन्द्र पुडासैनी लगाएत अन्य बुद्धिजीवि अतिथिहरुले प्रवासमा रहेको सबै नेपाली हरुलाई समेटेर मानव अधिकार र प्रजातान्त्रिक विकासका लागि सधैं तत्पर भएको र विगतमा गरिएका कामहरुको स्मरण गराएका थिए ।
तेस्तैगरी जनसम्पर्क समितिका विश्वआदर्श पण्डित, प्रगतिशिल मञ्चका पुर्ण लक्सम, गेसो अध्यक्ष कृष्णकुमार राई लगायतले पनि शुभकानमा व्यक्त गरेका थिए । कार्यक्रम को दोस्रो चरणमा विभिन्न नृत्य तथा गायन प्रस्तुतिले कार्यक्रममा थप आकर्षण थपेको थियो । जस अन्तर्गत गायक सुजेश बैद्य र सुनिल लिम्बुको गीत र बिनु लामिछाने, सुस्मिता थापा लगायतले नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रम को अन्त्यमा सस्थापक अधक्ष्य आँकल्जंग लामा र वर्तमान अधक्ष्य राजेन्द्र पुडासैनीले सयुक्त रुपमा केक काटेर खुसी मनाइएको थियो । विजयविक्रम लिंग्देनले संचालन गरेको उक्त कार्यक्रममा रामजी बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सांस्कृतिक कार्यक्रमलाई कृष्ण तिवारीले गरेका थिए ।
फोटो – शिव भण्डारी
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।