गोर्खा अनलाइन रेडियो यूके,
नेपालको लागि सामूहिक लगानीको बारेमा गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुन गैरहेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनको लागि गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउने भएका छन् । २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर चिरन्जीवी नेपालका अतिरिक्त, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ। त्रिपाठीका अनुसार यूरोपस्थित संघका सबै पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ । तेस्तै गरि गत नोभेम्बरको दोस्रो सातादेखि सञ्चालनमा रहेको ग्लोबल आइएमईको सम्पर्क कार्यालयको उद्घाटन गत नोभेम्बरको दोस्रो सातादेखि सञ्चालनमा रहेको ग्लोबल आइएमईको सम्पर्क कार्यालयको यहि जनवरी २१ तारिखका दिन गभर्नर चिरन्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम छ । गर्भनर नेपालका साथमा ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकाल समेत लन्डन आउन लागेका हुन् । ११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको सो बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ। १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो। यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदैै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो। करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।
Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)