Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो युके,
प्लमस्टिडको गेसो हलमा गत शनिबार सम्पन्न पहिलो अधिवेशनले दीपक श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अधिवेशनले करिब एक वर्षको तदर्थ समितिको विघटन गर्दै सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन गरेको हो । फडिन्द्र भट्टराईको संयोजकत्वमा अर्क तिम्सिना र नरेन्द्र कंडेल सहितको ३ सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो । उक्त नयाँ समितिलाई संयोजक फडिन्द्र भट्टराईले शपथ गराएका थिए । नयाँ कार्यसमितिमा अध्यक्ष्य दीपक श्रेष्ठको नेतृत्वमा उपाध्यक्य्थहरू सचिन श्रेष्ठ, एभेरेष्ट गौतम र हरिश ज्ञवाली, महासचिवमा अर्जुन कटुवाल, सचिव सुरेन रुपाखेती, कोषाध्यक्ष्य राजन खकुरेल र सह-कोषाध्यक्ष्यमा धनराज मल्लको टोली चुनिएका छन् । सदस्यहरुमा ह्यारी गुरुङ, जीवन सेन, महेन्द्र विक्रम कुँवर, निरन्जन खड्का, विकास नेपाल, बर्मा खनाल, गणेश खड्का, मंजु भट्ट, सूर्य गुरुङ, लक्ष्मण गुरुङ र सीमी पुनको चयन भएको छ । बुध्ध फाउन्डेशन यूकेले कपिलवस्तु सामाज र एनआरएनए यूकेको सहकार्यमा कपिलवस्तुमा बुद्ध व्रिद्दाश्रम निर्माण गरिरहेको छ । नवनिर्वाचित अध्यक्ष्य दीपक श्रेष्ठले कपिलवस्तुमा निर्माणाधीन बुद्ध व्रिद्दाश्रमको बारेमा पावर पोइन्ट मार्फत जानकारी गराउँदै २१ जनवरी आइतबारका दिन दिउँसो उलवीचमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोचेको विशेष आतिथ्यमा बुद्ध सम्बन्धी निशुल्क प्रवचनको आयोजना गर्न लागिएको पनि बताएका थिए । संस्थाको अगुवाइमा गरिएका विभिन्न क्रियाकलापहरू जस्तै ट्राफलगर स्क्वाएरमा सम्पन्न बुद्ध जयन्ती,प्लमस्टिडमा सम्पन्न च्यारिटी कार्यक्रम लगायत विभिन्न खेलकुद प्रतियोगीतामा उल्लेखनीय सहयोग र साथ् मिलेको उल्लेख गरेका थिए । कार्यक्रममा एनसीआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुंग, पशुपति मन्दिर लण्डनका अध्यक्ष सहदेव गिरी, तमुधि साउथ इस्टका अध्यक्ष श्रीचन्द्र गुरुंग, पासा पुच यूकेका अध्यक्ष कुमार श्रेष्ठ तथा पासा पुच साउथ इस्टका अध्यक्ष सुशील प्रजापति लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।