Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो
सन् २०१८ सालको अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘उल्झन’ को पोस्टर सार्बजनिक भएको छ । उक्त चलचित्रलाई युरोपमा प्रदर्शनी गर्ने तयारीमा जुटेका निर्देशक राजु अधिकारी यतिबेला युरोपको भ्रमणमा निस्केका छन् । चलचित्रको फर्स्ट लुकमा मुख्यतया तीन जना पात्रहरू नायक धुर्ब दत्त, नायिका रजनी के.सी. र अर्का नायक बेनी ढुंगानाले स्थान पाएका छन् । फिल्म ’उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन गरिने भएको छ भने चैत्र २ गतेबाट नेपाल अधिराज्यमा प्रदर्शन गरिनेछ । तेजेन्द्र कंडेलको प्रस्तुतिरहेको चलचित्र उल्झनमा फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् भने आरती अधिकारीको कथा अनि मौनता श्रेष्ठको पटकथा रहेको छ । युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा व्यथालाई आधार मानेर निर्माण गरिएको यस चलचित्रमा एनआरएनको लगानिरहेको छ । चलचित्रको छायांकन काठमाण्डौ, बन्दीपुर लगायत बेल्जियममा समेत गरिएको छ । चलचित्र निकै राम्रो बनेको र मिहिनेत पनि सबैले उत्तिकै गरेको नायक धुर्ब दत्तले बताएका छन् । नेपाली चलचित्र तथा कलाकारहरुलाई हौसला प्रदान गर्नको लागि चलचित्र हेर्न सबैजनालाई नायक दत्तले अनुरोध पनि गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।