Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,नेपालका विभिन्न संचार माध्यममा आवद्ध पाँच प्रथम नेपाली पत्रकार महिलाहरुको टोलीले आगामी सन् २०१८ को मध्यतिर विश्वको सर्वोच्च सिखर सगरमाथा आरोहण गर्ने भएका छन् । “समानताका लागि बुलन्द आवाज” भन्ने नाराका साथ सगरमाथा आरोहण गर्नेहरुमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेधा टेलिभिजनकी कल्पना महजर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् ।
विश्व पत्रकारीताको इतिहाँसमा नै महिला पत्रकारहरुद्वारा गरिएको यो पहिलो प्रयास जसले समाजको जल्दोबल्दो विषयलाई सगरमाथाको चुचुरोमा पुगेर विश्वसामू शन्देश फैल्याउने प्रयास गर्न लागेको र सगरमाथा आरोहण गर्नु भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि त्यत्तिकै कठिन भएको हुँदा प्रवासमा बस्ने नेपालीहरुबाट पनि ठूलो सहयोगको अपेक्ष्या राखेको हुँदा महिलाद्वारा गरिएको यो पहिलो प्रयासलाई सफल पार्न र हौसला प्रदान गर्नको लागि देश विदेशमा रहनुहुने सबैजनालाई उनि लगायत उनको टीमको तर्फबाट सहयोगको लागि टोली सदस्य रोशा बस्नेतले अनुरोध गरेकी छन् ।
महिलाहरू समान हक र अधिकारको लागि मात्र हैन सारीरिक एवं शाहसिक कार्यमा पनि समान रुपले अघि बढ्न सक्छन भन्ने सोचका साथ् आफूहरुले सगरमाथा आरोहण गर्न लागेको रोशा बस्नेतले बताएकी छन् ।विश्व पत्रकारीताको इतिहाँसमा नै महिला पत्रकारहरुद्वारा गरिएको यो पहिलो प्रयास जसले समाजको जल्दोबल्दो विषयलाई सगरमाथाको चुचुरोमा पुगेर विश्वसामू शन्देश फैल्याउने प्रयास गर्न लागेको र सगरमाथा आरोहण गर्नु भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि त्यत्तिकै कठिन भएको हुँदा प्रवासमा बस्ने नेपालीहरुबाट पनि ठूलो सहयोगको अपेक्ष्या राखेको हुँदा प्रवासमा बस्ने नेपालीहरुबाट सहयोगको ठूलो अपेक्ष्या राखेको र महिलाद्वारा गरिएको यो पहिलो प्रयासलाई सफल पार्न र हौसला प्रदान गर्नको लागि देश विदेशमा रहनुहुने सबैजनालाई उनि लगायत उनको टीमको तर्फबाट सहयोगको लागि टोली सदस्य रोशा बस्नेतले अनुरोध गरेकी छन् । महिलामाथि हुने गरेका भेदभाव र उनीहरुप्रति हेरिने नकारात्मक सोच अनि प्रवृतिलाई परिवर्तन गराउने उद्देश्यले कलम चलाउने हातहरुलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम नेपाली महिला पत्रकारको रुपमा पहिचान गराउँदै नेपाल पत्रकार माहासंघको झण्डा फहराउने उद्देश्य सहित सगरमाथा आरोहण गर्न लागेको उनीहरुको धारणा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको बोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेकी छन् । महिलाहरुद्वारा पनि आत्मविश्वासका साथ आफ्नो जीवनलाई नै जोखिममा राखेर अगाडि बढ्ने क्रममा सन् १९७५मा जापानी नागरिक जुन्को तावेई पहिलो महिला आरोही बनेकी थिइन् भने २०५० वैशाख १०मा पासाङल्हामु शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण गरी नेपाली महिलाको झन्डा फहराइन् ।
त्यस्तैगरी संखुवासभामा जन्मिएकी लाक्पा शेर्पाले दोस्रो महिला सगरमाथा आरोही मात्र नभएर आठ पटक सगरमाथाको सफल आरोहीसमेत बनिन् । सन् २०१८मा अन्य नेपाली महिलाहरुले पनि सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेका छन् । नेपाल सरकारले तोकेको मान्यता अनुसार ६ हजार मीटर अग्ला हिमालको सफल आरोहण गरेपश्चात मात्र सगरमाथाको आरोहण गर्न पाउने भएकाले उनीहरुले उक्त शर्त पूरा गरिसकेकाछन । सन् २०१८मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेका अन्य महिलाहरुम काभ्रे भीमखोरी- ३ कि शर्मिला लामा, सोलुखुम्बु चौरीखर्क-९ कि लाक्पा याङजी शेर्पा, सोलुखुम्बु तामाखानी- ९ कि याङडी शेर्पा छन् । त्यस्तै दोलखा गौरीशंकर २ कि छोकी शेर्पा, सोलुखुम्ब चौरीखर्क- ४ की पासाङ ल्हामु शेर्पा र दोलखा गौरीशंकरकी दावादिकी शेर्पा पनि टोलीमा छिन् । सर्वोच्च शिखर सगरमाथा चढ्नेको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ । सन् १९५३, मे २९का दिन तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक एड्मन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको शुरुवात गरेपछिको इतिहाँसलाई हेर्ने हो भने सन् २०१६ सम्मको तथ्यांकलाई हेर्दा चार हजार आठ सय ७९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।