Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापा घरदैलो अभियानमा हिँडिरहेका बेला अज्ञात समूहद्वारा एक्कासी बम बम आक्रमण भएको छ । थापा बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका थिए । उनको ढाड र कानमा चोट लागेको छ । बमको छर्रा लागेका थापासहित ८ जना घाइते भएका छन् भने बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए । घाइतेहरुलाई शिक्षण अस्पताल लगिएको छ । घाइते हुनेहरूमा गगन थापा, राजकाजी श्रेष्ठ, जयराज लामिछाने, रेणु बरूवाल, सुमन खड्का, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ र रवीन्द्र कार्की रहेका छन् । बम हान्नेको खोजी कार्य भैरहेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिएका छन ।
फोटो-अनलाइन
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।