Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
सुजन पराजुली,
नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने केकेएफसी नामको रेष्टुरेन्ट काठमाण्डौँको न्यूरोडमा सञ्चालान भएको छ । विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साह संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु उपलब्ध छन । गत शुक्रबार काठमान्डौको पिपुल्स प्लाजामा उद्घाटनको अवसरमा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाललाई रोबोटले सर्भिस गरेको थियो । उक्त रोबोर्ट १३ लाख रुपैयाँको लगानीमा जापानबाट आयात गरिएको हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





