Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो, सन् २०१६ को जुलाईबाट प्रेम सम्बन्धमा परेका ३३ वर्षीय बेलायती राजकुमार ह्यारी र ३६ वर्षीय अमेरिकी अभिनेत्री मार्कलबीचको विवाह पक्का भएको छ । सन् २०११ मा एकजाना चलचित्र प्रोड्युसर ट्रेभर एँगलनसँग वैवाहिक सम्बन्धमा गासिएकी मार्कलको दुई वर्षमै सम्बन्ध बीच्छेद भएको थियो । अभिनेत्री मार्कलका बाबु थोमस आइरिश मूलका हुन् भने आमा डोरिया अफ्रिकी अमेरिकी हुन् । हिराद्वारा निर्मित औंठी दिएर अभिनेत्री मेगन मार्कललाई विहेको प्रस्ताव राखेका राजकुमार ह्यारीले गत नोभेम्बर महिनाको पहिलो साता ‘इँगेजमेन्ट’ गरेका थिए । राजदरबारमा भएको ‘इँगेजमेन्ट’मा महारानी एलिजाबेथ र परिवारका सदस्यहरुको मात्र उपस्थितिरहेको थियो । ब्रिटिश राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारी र मार्कल विवाहपश्चात् लण्डनस्थित नेपाली दूतावास नजीकै रहेको केन्जीङ्गटन प्यालेसमा अवस्थित नटिङ्गम कटेजमा रहने छन् । विवाहपछि मार्कल‘हिज रोयल हाइनेस’ र राजपरिवारकी वरिष्ठ सदस्यको रुपमा रहनेछिन । विवाहको मिति भने अँझसम्म एकिन भैसकेको छैन ।
Vide0-mirror uk / Photo-online
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।