Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
आज ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको छ । प्राप्त जानकारी अनुसार अपरान्ह ४ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ भने ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ । सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारिरहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । तेस्तै स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले यस पटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन् । तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् । स्थानीय तहको पुर्नसंरचना गर्दा अपायक केन्द्र तोकिएको भन्दै आन्दोलनमा रहेका उनीहरुले आफ्नो मागको सुनुवाइ नभएकाले चुनावमा भाग नलिएको बताएका छन्।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।