Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
“माया त दुइ तर्फी नै थियो हाम्रो
तर के भयो, खै के भयो, के भयो”
नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि निरन्तरता दिंदै आइरहेको लोकप्रिय गायक हिमाल सागरले उनको पछिल्लो ‘माया त दुई तर्फी’ बोलको गीतको म्यूजिक भीडियो सार्वजनिक गरेका छन् । गायक स्वयमकै शब्द संगीत रहेको यस गीतलाई उनको मेघा एल्बममा समेटिएको छ । दुई तर्फी माया प्रेमको भावनाले भरिएको यस गीतको म्यूजिक भीडीयोमा अन्जु चौलागाईको साथमा हिमाल सागर आफैले अभिनय गरेका छन् । नीतीन चन्दको निर्देशन तथा विकल्प दाहालको छायांकन रहेको यस म्यूजिक भीडीयोमा बियोन्डको सम्पादन रहेको छ ।
म्युजिक भीडियो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।