Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
“छिन छीन बझ्ने चुरा मुटु भित्र बसेकि मायालाई कहाँ बिर्सेको छु र” नेपाली लोक दोहोरी क्षेत्रमा अग्र स्थानमा रहँदै आएका समसामयिक अनि सन्देशमूलक विषयबस्तुलाई आधार मानेर गीतको माध्यमबाट व्यंग्यात्मक शैलीबाट प्रस्तुत गर्न सफल गायक पशुपति शर्माले “छिन छिन बज्ने छुरा” बोलको लोक दोहोरी गीतको म्यूजिक भीडियो दर्शक तथा स्रोताहरुमाँझ पस्केका छन् ।
“झमझम दर्कियो पानी” जस्तै जहिले पनि नाच्न मिल्नी र गाउँनी मिल्नी एउटा गीत बनाउन धेरैले अनुरोध गर्नु भो त्यसैले एउटा कोसिस गरेको छु…सम्झना भण्डारी बहिनीसँगको सहकार्य”छिन छिन बज्ने चुरा” हेरेर प्रतिक्रिया दिनुहोला,,,नाच्न पनि सजिलो र गाउन पनि सजिलो”छिन छिन बज्ने चुरा- गायक पशुपति शर्मा “
गायक शर्मा स्वयमकै शब्द संगीत र लय रहेको यस गीतमा उनलाई गायिका सम्झना भण्डारीले साथ दिएकीछन । दुर्गा पौडेलको निर्देशन र छयांकन तथा दिपक बिष्टको सम्पादन रहेको यस म्यूजिक भीडीयोमा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको अभिनय रहेको छ । केही समय अगाडि निक चर्चित रहेको उनको गीत “झम झम दर्कियो पानी” बोलको गीतकै सेरोफेरोमा गीत तयार गरिएको गायक पशुपति शर्माले बताएका छन् ।
म्यूजिक भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।