Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,
ह्यांगओभर कसरि हटाउने सुन्नलाई प्ले गर्नुहोला ।
हिजोआज सामान्य भेटघाट देखि ठूला ठूला उत्सवमा नै किन नहोस रक्सीजन्य वस्तुको महत्व बढ्ने गरेको पाइन्छ । यसरि बढी मात्रामा रक्सीको सेवन गर्दा भोलिपल्ट बिहान टाउको दुख्ने र भारी हुने छटपटी हुने अनि बान्ता आउला जस्तो हुने गर्दछ ।बढी रक्सीको सेवनका कारण हुने यस प्रकारको अवस्थालाई ह्यांगओभर भनिन्छ । धेरै मात्रामा अनि फरक फरक किसिमका रक्सीको सेवनले गर्दा बिहान ह्याङओभर हुने गर्दछ । ह्यांगओभर भएको अवस्थामा एल्डोस्टेरोन र कार्टिसोल जस्ता हर्मोनहरूको स्तरमा परिवर्तन आउँने हुँदा ह्याङओभर हुने गर्दछ । वृद्धहरूको तुलनामा युवाहरूमा ह्याङओभरको समस्या बढी हुने तथ्य एक अनुसन्धानले पत्ता लगाएको छ । ६० एमएल वा दुई पेगभन्दा बढी रक्सी पिउँदा दिमागको न्युरोनमा असर पर्दछ फलस्वरूप शरीरका अंगहरूमा दिमागले सही समयमा संकेत पु–याउन सक्दैन र व्यक्ति नियन्त्रण गुमाउन पुग्छ । एक अनुसन्धान अनुसार गाढा रंगको रक्सी पिउँदा ज्यादा ह्याङओभर हुने कुरा पत्ता लागेको छ । तसर्थ भोड्काको तुलनामा बीयर पिउँदा ह्याङओभर बढी हुन्छ । बीयरभन्दा ह्विस्की बढी गाढा हुनाले त्यो पिउँदा धेर ह्याङओभर हुने सम्भावना रहन्छ । कडा रक्सीको पिउँदा यसको असर आठ घन्टासम्म रहन सक्छ । पुरुषहरुको तुलनामा महिलालाई ह्याङओभरको समस्या बढी हुने एक अनुसन्धानले देखाएको छ । महिलाको शरीरमा पानीभन्दा बढी फ्याट हुने र रक्सी फ्याटमा छिट्टो घुल्ने भएकाले महिलालाई ह्याङओभरको संमस्या बढी भएको अनुसन्धानद्वारा पट्ट लागेको छ ।
ह्यांगओभर कम गर्नको लागि केहि उपाएहरु –
ह्याङओभर भएमा बिहान एक गिलास दूधमा केरा र मह मिसाएर मिल्कशेक बनाउनुस् र पिउनुस् ।
ह्याङओभर हुँदा कागती, नून र चिनी मिसाएर पिउनुस् अनि बेस्सरी पानी पिउनुस् ।
अदुवाले पनि ह्याङओभर हटाउन मद्दत गर्छ । त्यसैले पानीमा अदुवा उमाल्नुस् र त्यसमा कागतीको रस मिसाएर पिउनुस् ।
त्यसबाहेक अदुवाका टुक्रामा कागती र बीरेनून लगाएर चुस्दा पनि ह्याङओभर हट्छ ।
नरिवलपानी पिउँदा पनि ह्याङओभर हट्छ ।
साइट्रिक एसिडयुक्त फल कागती, सुन्तला, नासपाती, भुइँकटहर वा अम्बा खानुस् वा यिनको जुस बनाउनुस् । यसले पनि ह्याङओभर ठीक पार्छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।