Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो,
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको हृदयघातका कारण शनिबार राति निधन भएको छ । केहि दिन देखि सामान्य अस्वस्थ भएपछि घरमा आराम गरिरहेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा फेला पारेका थिए । आइतबार बिहान ५ बजे आफन्तहरुको सहयोगमा उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालको आकस्मिक कक्षमा पुर्याए पनि नर्भिकका डा. जेपी जैसवालले अस्पताल पुर्याउँदा प्रकाशको निधन भइसकेको पुष्टि गरेका थिए । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए र सो दुखद समाचार सुन्ने बित्तिकै हेलिकोप्टरमा काठमाडौं आएका प्रचण्ड लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । दाहालको अन्तिम संस्कार पशुपति गरिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।