Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके, लोक दोहोरी क्षेत्रमा अहिले निकै चर्चित अनि लोकप्रिय बन्न सफल लोक दोहोरी गायक खुमन अधिकारीको आफ्नै लय शब्द, संगीत अनि स्वरमा सजिएको एउटा ठट्यौली दोहोरी गीत ‘जी थपेर बोल’ बोलको म्यूजिक भीडियो सार्वजनिक भएको छ । यस गीतमा खुमन अधिकारीलाई गायिका पार्वती स्त्रीले साथ् दिएकी छन् । व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्न खोजिएको यस गीतले हाम्रो नेपाली समाजमा एक अर्काप्रति गरिने सम्मानजनक व्यवहारलाई औल्याउने प्रयास गरेको छ । भनिन्छ नि ” मिठो बोलेर बचन सिद्दिदैन, लाएर माया मुटु रित्तिदैन” भनेझैं एक अर्काप्रति आदर र सम्मानजनक शब्दको प्रयोग गर्नुपर्छ भन्ने पाठ पनि यस गीत मार्फत दिन खोजिएको छ । आशिष म्यूजिक प्रा.लि. को प्रस्तुति रहेको यस गीतको म्यूजिक भीडीयोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने विष्णु शर्माको सम्पादन अनि करन चैसिरको छायांकन रहेको छ । म्यूजिक भीडीयोमा लोकप्रिय नायिका पुजना स्त्री, हाँस्य कलाकार दमन रुपाखेती, गायक खुमना अधिकारी र गायिका पार्वती स्त्रीले अभिनय गरेका छन् ।
म्यूजिक भीडीयो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।