Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत वेलफेएर सोसाइटी यूकेले एक कार्यक्रमकाबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य र सोसाइटीको अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष निर्वाचित पुरन गिरीलाई सम्मान गरेको छ । सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमले सोसाइटीका पूर्व अध्यक्ष गिरी र पूर्व उपाध्यक्ष आचार्यलाई सम्मान गरेको हो । कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हितकाजी गुरुङ, पूर्वउपाध्यक्ष मिठुलाल बिक सल्लाहकार यम गुरुङ, उपाध्यक्ष सञ्जीव गुरुङसहित कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले सम्मानित दुवै जनालाई खादा ओढाएर कार्यसफलताको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै सोसाइटीका पूर्व उपाध्यक्ष्य एवं एनआरएनए वर्तमान उपाध्यक्ष कुल आचार्यले सोसाइटी र कार्यक्रमका सहभागीहरुप्रति आभार प्रकट गरे भने पुरण गिरिले पनि विश्वभरका पर्वतेलीहरुलाई एकजुट बनाएर देश र जिल्लाको विकास गर्ने उद्देश्यले सोसाइटीको स्थापना भएको हुँदा ज्ञान, बुद्धि र अर्थ खर्चनको लागि सबैलाई अपिल गरेका थिए । कार्यक्रममा शिवालय उच्चा मावि कुस्मा पर्वत अन्तरगत रहेका अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग एवं चन्दा दिने सम्पूर्ण सहयोगदाताहरुलाई सोसाइटीका अध्यक्ष्य दधि आचार्यले धन्यवाद व्यक्त गर्दै सम्मानपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा सबैलाई धन्यवाद दिंदै आचार्यले भने, हामी सम्पूर्ण सहयोगीहरुलाई अपाँगहरुको आशीर्वाद लागोस, प्रत्येक्ष्य रुपमा उनीहरुले नदेखे पनि हाम्रा बाहिरी आँखाले उनीहरुलाई देखेका छौं र उनीहरुका बाहिरी आँखाले नदेखे पनि भित्रि आँखाले हामीलाई देखिरहनेछन उनीहरू सबैको आशीर्वाद हामी सबैलाई लाग्नेछ भन्दै भावुक भएका थिए । त्यस्तैगरी प्रत्येक्ष्य तथा अप्रत्यक्ष्य रुपमा सहायो गर्ने पुरण गिरी, मिठुलाल बिक, डा. जगन्नाथ शर्मा, संयोजनमा सहयोग गर्ने निवर्तमान अध्यक्ष्य नाराजंग गुरुङ तथा समाजका कोषाध्यक्ष्य नेत्र आले मगरले पुर्याएको योगदानको पनि प्रशंसा गर्दै सम्पूर्ण सहयोगी मनलाई पनि धन्यवाद थिए । सन् २०१८ को अप्रिल २१ तारिखमा हुन् गइरहेको सोसाइटीको भेटघाट तथा नयाँ वर्ष २०७५ को शुभकामना कार्यक्रमबारे जानकारी गराउँदै खानपानको प्रबन्ध मिलाउने एम्पाएर हल्का संचालकलाई समेत धन्यवाद दिएका थिए । 
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





