मोर्गेज, इन्स्योरेन्स लगायतका फाइनान्सियल सोलुसन संबन्धि निशुल्क परामर्श

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, ए स्टार फाइनान्सियल सोलुसन यूकेले बेलायतवासी नेपालीहरुको हक हित र सुविधालाई मध्यनजर गर्दै आगामी २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिंगटन कम्युनिटी सेन्टर, अल्बर्ट रोडमा मोर्गेज, कर, कानून, वील्स,स्टेट प्लानिंग लगायतका विषयमा सम्बन्धित विज्ञहरुद्वारा निशुल्क परामर्श कार्यक्रम गर्ने भएको छ । एसएनपी प्लस र हिलिंगडन गोर्खा नेपलीज यूथ कम्युनिटीको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताएका छन् । हालै मात्र बैंकको ब्याजमा भएको बृद्दीबाट हुन सक्ने प्रभाव, विभिन्न किसिमका करहरु, कानूनी प्रकृया, वील्स, स्टेट प्लानिंग र प्रोटेक्सन निड्स जस्ता विषयमा जानकारी गराइने र सहभागीहरुको जिज्ञासा पनि पूरा गरिने पनि दर्लामीले बताएका छन् । मोर्गेज, रिमोर्गेज, इन्स्योरेन्स जता अत्यावश्यक विषयहरुमा यथार्थ जानकारीको अभावमा नेपालीहरुले आर्थिक रुपमा अनावश्यक रुपमा खर्च गरिराखेको हुँदा यस प्रकारको कार्यक्रममा सहभागी भएर प्रशस्त फाइदा लिन सक्ने हुँदा समय मिलाएर उपस्थित हुनको लागि सबैलाई ए स्टार फाइनान्सियल सोलुसन यूकेले अनुरोध गरेको छ । नेपाली व्यवस्थापनमा संचालनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन यूकेले बेलायतवासी नेपालीहरुमाँझ महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । एक्सेस फाइनान्सियल सर्भिसेज को रुपमा स्थापित ए स्टार फाइनान्सियल सोलुसनले केही समय अघि मात्र आफ्नो नाम परिवर्तन गरेको थियो । नेपाली मूलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामी लगायतको टोलीहरुद्वारा संचालित ए स्टार फाइनान्सियल सोलुसन यूकेले यहाँका नेपाली समुदायलाई नेपाली भाषामा आवश्यकताअनुसार सल्लाह सुझावहरू दिनुका साथै निशुल्क जनचेतनामूलक परामर्श पनि दिंदै आइरहेको छ । कंपनीले रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, बील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गर्ने कार्य गरिदै आएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक