Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो,
“फुल्न त फुल्यो गुंरासै फुल्यो अप्ठेरो भिरैमा कसरी सजाऊ तिमीलाई मैले यो मेरो शिरैमा” गायक आनन्द कार्कीको “फुल्न त फुल्यो” बोलको नयाँ गीतको म्यूजिक भीडियो हाइलाइट्स नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ । राजनराज सिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबहादुर थापा मगरको शब्द रहेको यस गीतलाई ‘नबिर्स’ नामक एल्बममा समावेस गरिएको छ । दिपेन्द्र के. सी. को निर्देशन,सौरभ पराजुलीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको यस म्यूजिक भीडीयोमा अनिल, शृष्टि र उमेश मायालुको अभिनय रहेको छ । माया प्रेमको सेरोफेरोमा उनीएका शब्दलाई गायक आनन्द कार्कीको स्वरले जीवन्तता दिएको छ ।
म्यूजिक भीडियो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





