Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, एलाइट इन्टरटेनमेन्ट यूकेको आयोजनामा हुन लागेको नेपाली साँझ-३ को लागि हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे) लगायत नेपाल आइडल टप टेन कलाकारहरू बुधबार लण्डन आइपुगेका छन् । कलाकारहरुलाई स्वागत गर्न इन्द्र घोताने,चित्र थापा (लाटो मगर),मनोज गुरुङ, निरा पीजी मगर, हेम गुरूङ विमानस्थल पुगेका थिए । जितु नेपालका साथमा सुरज थापा, केन्जलमेहर श्रेष्ठ, गायिका तृष्णा लन्डन आएका छन् । पहिलो नेपाल आइडलका प्रतिष्पर्धीमध्येका टप ६ सुरज थापा, टप ८ केन्जल मेहर श्रेष्ठ तथा कलाकार मुन्द्रे एवं गायक गायिका पवन रानामगर र तृष्णा गुरुङको सहभागितामा अल्डरसट, फोकस्टन र ग्रीनफोर्ड लन्डनमा नेपाली साँझ-३ हुन गइराखेको छ ।
१० नोभेम्बर शुक्रबार फोकस्टन केन्टको हकिन्ज कम्युनिटी सेन्टर, ११ नोभेम्बरका दिन शनिबार ग्रीनफोर्ड टाउन हल लन्डन र १२ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पाएर हलमा कार्यक्रम हुने आयोजकहरुले बताएका छन् । नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोली पनि हाल कार्यक्रमको शिलसिलामा हाल बेलायत आएका छन् । कार्यक्रमलाई एलाइट इन्टरटेनमेन्टको तर्फबाट इन्द्र घोताने, निरा पीजी, हेम गुरुङ,रलाटो मगर र मनोज गुरुङले आयोजना गरेका हुन् ।
फोटो लन्डन नेपाल न्यूज
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
हाँस्य कलाकार जितु नेपाल सहितको टोलीद्वारा लन्डनमा “नेपाली साँझ-३” गरिंदै
हाँस्य कलाकार जितु नेपाल सहितको टोलीद्वारा लन्डनमा “नेपाली साँझ-३” गरिंदै
तपाईको प्रतिक्रिया





