Home > Blog > नेपाल आइडलको अन्तिम शो लन्डनको रेडिङ र प्लमस्टिडमा

नेपाल आइडलको अन्तिम शो लन्डनको रेडिङ र प्लमस्टिडमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, नेपालमा पहिलोपल्ट आयोजन गरिएको नेपाल आइडलका बिजेता टोलीहरू नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोलीले बेलायतका विभिन्न स्थानहरुमा भव्यताकासाथ कार्यक्रम गरेकाछन । कार्यक्रमको आयोजना पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरले गरेका हुन् । झन्डै ४५ लाख बराबरको खर्च लाग्ने यो कार्यक्रम निकै नै खर्चिलो रहेको आयोजकहरुले बताएका छन् । अल्डरसटस्थित एम्पाएर हल, फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर र हयारो लिजर सेन्टरमा भएका कार्यक्रमहरू अपार सफलताकासाथ् सम्पन्न भैसकेको छ भने ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ ।
रेडिङमा हुन गैरहेको कार्यक्रम सपन इन्टरटेनमेन्ट,बीबीएम वर्ल्डटिभी लगायतका टोलीले र प्लमस्टेडमा गरिन लागेको कार्यक्रम दीपक थापालगायतको टोलीले गर्न लागेको हो । कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ पनि कार्यक्रममा सहभागी भए पनि यसपटक उनी नेपाल आइडल विजेताहरुलाई प्रशिक्षण दिनको लागि मात्र बेलायत आएका हुन् । नेपाल आइडललाई सफल बनाउन उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, बिसन गुरुङ, मान गुरुङ र नील गुरुङ तथा प्लमस्टेड शो दीपक थापालगायतको टोली सक्रिय रुपमा लाग्दै आएकाछन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौं। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन्। ३३ …