नेपाल आइडलका टोलीहरुद्वारा बेलायतका भव्य कार्यक्रम गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

लन्डन, नेपालमा पहिलोपल्ट आयोजन गरिएको नेपाल आइडलका बिजेता टोलीहरू नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोली बेलायतका विभिन्न शहरमा आयोजना गरिन लागेको कार्यक्रममा सहभागी हुनका लागि लन्डन आइसकेका छन् । कार्यक्रमको आयोजना पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरले गरेका हुन् । झन्डै ४५ लाख बराबरको खर्च लाग्ने यो कार्यक्रम निकै महँगो हुनेछ । खर्च उठाउन त्यति सजिलो नभएपनि संकलित रकममध्ये केही अंश सप्तरीका बाढीपीडितलाई सहयोग गर्ने आयोजक तथा पोखरा ट्राभल्सका प्रमुख ज्ञाम गुरुङले बताएका छन् । नेपाल आइडलको पहिलो शो भोलि नोभेम्बर ३मा अल्डरसटस्थित एम्पाएर हल हुनेछ भने ४ नोभेम्बरमा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ । ४ वटा शो आयोजक स्वयंले गरेका हुन् भने अन्य शो सह आयोजक मार्फत गरिने भएको छ । नेपाल आइडलका टोलीहरुलाई प्रशिक्षण दिन गायक विवेक श्रेष्ठ पनि लन्डन आएका छन् । उक्त कार्यक्रमलाई सफल बनाउन उमेशराज मोक्तान र चित्रबहादुर गुरुङ, रेडिङ शो सपनकुमार राई, बिसन गुरुङ, मान गुरुङ र नील गुरुङ तथा प्लमस्टेड शो दीपक थापालगायतको टोली सक्रिय रुपमा लागेको छ । नेपाल आइडल टोली १५ नोभेम्वरमा नेपाल फर्किने आयोजकले बताएका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित