अल्डरशट २९ अक्टुबर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भएको छ। बैठकमा गत २२ जुलाई २०१७मा नयाँ कार्यसमिति चयन भएपश्चात गरिएका समस्त प्रगति विवरण उपर महासचिव मान गुरुङ र अध्यक्ष जीव बेलबासेले प्रकाश पारे । बैठकले दीर्घकालीन र अल्पकालीन क्रियाकलापलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहजताको लागि विभिन्न विधालाई समेट्ने गरी टास्क फोर्स गठन गरी संयोजक समेत तोकेको छ। विशेष गरी कम्युनिटी भवन तथा नेपाली भाषा एवं नेपाल स्टडी उपर क्रमश: भूपू कर्नेल जोन मेकंली र डाक्टर चन्द्र लग्जम्बाले रिपोर्ट प्रस्तुत गरेपश्चात उपरोक्त विषयमा काउन्सिल तथा स्थानीय स्तरबाट के गर्न सकिन्छ भन्ने विषयमा क्याबिनेट लिडर डेभीड क्लिफोर्ड र बिपक्षी दलका नेता काउन्सिलर आलेक्स क्राफोर्डले निकै सकारात्मक विचार राख्दै सहयोगको लागि प्रतिबध्दता जनाए । बैठकमा समस्त कार्यसमिति, सल्लाहाकारहरुका अतिरिक्त डेपुटी क्याबिनेट लिडर केन, शिक्षिका ब्रेण्टा र एभरेस्ट टाइमसका फोटो पत्रकार मिलन तमु समेत सहभागी भए । महासचिव मान गुरुङद्वारा संचालित एवं जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सचिव युवन गुरुङ हेल्थ एण्ड सेफ्टी, बरिष्ठ उपाध्यक्ष रामधन राई भेट्रान प्रोजेक्ट, ट्रष्टी एवं सिटिजन एड्भाइस, उपाध्यक्ष नेम थापा इन्फोर्मेशन डे, ड्रग्स तथा अल्कोहल एब्युस, उपाध्यक्ष रन्जिता मल्ल फूड फेस्टिभल, नारी दिवस, सल्लाहाकार मेजर खिम गौचन १० के र फन रन, निवर्तमान अध्यक्ष ओम थापा विधान र कोषाध्यक्ष टोप पल्लिले आम्दानि खर्च बिवरण प्रस्तुत गरेका थिए भने सल्लाहाकार मास्टर कृष्ण प्रसाद गुरुंगले रियल लाइफ च्यालेन्ज (आगोमा हिड्ने ) विषयमा प्रिजेन्टेसन दिए । बैठकमा पुन सबै विषयलाई समेट्दै अल्डरशट फान्ब्रो एरियामा घटित अपराध र प्रहरीले गरिरहेको प्रगति बिवरण उपर अध्यक्ष बेलबासेले प्रकाश पारे भने गठित टास्क फोर्सका संयोजकहरुले यथा सिघ्र बैठक राखी काम कारबाही अघि बढाउनुपर्ने अन्यथा सबै कुरा कागजमा मात्र सीमित रहने कुरा सल्लाहाकार क्याप्टेन ग्यारी घलेले सुझाए । बैठकको अन्त्यमा भेटघाट रेस्टुरेन्टका प्रबन्धक एवं सल्लाहाकार शेर सुनार र कर्मचारीहरू लगायत सहभागी सबैमा अध्यक्षबाट धन्यवाद ज्ञापन गरे भने गत ०८अक्टुबर २०१७मा सम्पन्न १० के र फन रनमा स्वय म सेवकको रुपमा सहयोग गर्ने भेट्रान गोर्खा र परिवारलाई धन्यबादका साथ ग्रेटर रशमोर नेपाली कम्युनिटीको लोगो अंकित ५० वटा टिसर्ट अध्यक्षद्वारा हस्तारण गरे भने यसका अतिरिक्त १० के रानका सहयोगी सबैलाई संस्थाको तर्फबाट भोजन समेत गराइयो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।