फार्नबरो २३ सेप्टेम्बेर २०१७, फार्नबरोस्थित हवलि एरियामा नेपाली र स्थानीय समूदायको पहलमा स्थापित हवलि सामूदायिक करेसाबारी ( हवलि कम्युनिटी गार्डेन )को ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ। रशमोर बरो काउन्सिलका उपमेएर स्टिभ, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवलि कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली तथा स्थानीय समूदायको बराबरी उपस्थितिरहेको थियो भने, रशमोर भोलेण्टियरि सर्भिसेजका डेभ्लबमेण्ट ओफिसर सु हाथावे, स्थानीय ९५ वर्ष उमेरका जेम्स, स्थानीय प्रहरी र आर्मीका प्रतिनिधि, विभिन्न स्थानीय च्यारिटी संस्थाका प्रतिनिधि, स्कुलका ससाना नानीहरू समेतको सहभागिता रहेको थियो।
आजभन्दा ढाई वर्ष पूर्व दुवै कम्युनिटीलाई घुलमिल गराउने उदेश्य लिई पूरै रुपमा कंक्रिट र त्यसमाथि झार पलाएको एरियालाई ठूलो मिहिनेतकासाथ उक्त गार्डेन तयार गरिएको छ। दुवै समूदायका मानिसहरुको कडा परिश्रम स्वरूप अहिले उक्त एरिया हराभरा र उर्वरा बनेको छ भने विभिन्न प्रकारका सिमि, गोलभेंडा,बन्धागोवी, काउली, आलु, फर्सी, नेपाली पाश्यको साग लगायत धेरै किसिमका साग, मकै, पुदिना, बामरी लगायत धेरै खाले हर्बल, खुर्सानी, फूल लगायत धेरै खाले खेती यहाँ गरिएको छ। रशमोर बरो काउन्सिल, बिग लटरी र व्यतिगत चन्दा संकलनबाट लगानी तथा श्रमदानवाट उत्पादित बस्तु टेस्को र सिन्सबरिले खरिद गर्ने कुरा अध्यक्ष बेटीले बताइन । उक्त कमिनिटीमा नेपालीका तर्फबाट उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ र सदस्यमा मान बहादुर कामिरहेका छन। कार्यक्रममा ओपनिङ्गका अतिरिक्त नेपाली महिलाहरुको सामूहिक नाच, कथा वाचन, पेंटिंग, धनुषको प्रयोग, घरपालुवा जनावर र पशुपन्छी समेत देखाएको थियो।
Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)