Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
लन्डन, बेलायतस्थित श्रीसिद्दार्थ एवं नेपलिज इन्टरटेनमेन्ट यूकेको संयुक्त आयोजानाम हुन लागेको “विजय दशमी शुभकामना साँझ”का लागि अहिलेका चर्चित संगीतकार कालीप्रसाद बास्कोटा, गायक हेमन्त राना र नायिका शुष्मा कार्की लन्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा दशैंको अवसर पारेर गरिने कार्यक्रममा सहभागी हुनको लागि कलाकारहरू बेलायत आएका हुन् । पछिल्लो समयमा निकै नै चर्चित गीतहरुका सर्जक एवं नेपाल आइडलका निर्णायक समेत रहेका संगीतकार कालीप्रसाद बास्कोटाकालाई ‘निर जहिले रिसाउने’, ‘पारी त्यो डाँडामा’, ‘ठमेल बजार’ गीतहरुले उनलाई निकै सफलता दिलाएको छ । त्यस्तैगरी ‘सुन साईली’ बोलको गीतले गायक हेमन्त रानालाई झन् चर्चाको सिखरमा पुर्याएको हो । नायिका शुष्मा कार्की पनि अहिलेको “हट एण्ड बोल्ड” नायिकाको रुपमा निकै नै चर्चित रहँदै आएकीछन् । कार्यक्रमहरु यही शुक्रबार १५ सेप्टेम्बर साँझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको ह्यारो बरो फुटबल क्लब, २३ सेप्टेम्बरमा रेडिङस्थित किनकि कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने तय भइसकेको आयोजकहरुले बताएका छन् । नेपालीहरुद्वारा मनाइने हरेक खालका चाडपर्वमा नेपाली कलाकारहरुलाई स्वदेशमा भन्दा विदेशतिर नै बढी देखिने गर्दछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।