LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।
लन्डन । सेप्टेम्बर ९ तारिख शनिवारका दिन बेलायतमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा अध्यक्ष्य पदमा योग कुमार फगामी विजयी भएकाछन । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरेका छन् । त्यसैगरि, उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । प्राप्त नतिजा अनुसार महासचिवमा राजकुमार त्रिपाठी विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल गाउंले र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए । सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर
रानाभाट, डेबिब्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मनिष खड्का, मुकेश राना, होमनाथ पौडेल निर्वाचित भए । आइसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको निर्वाचन समितिले जानकारी दिएको थियो । विभिन्न चार स्थानमा भएको निर्वाचनमा हयारो बुथमा ५२३ (७७ प्रतिशत) प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो । मतदाता सूची अनुसार अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता लिस्टमा रहेका थिए ।
प्राप्त मत संख्या यसप्रकार रहेको छ
अध्यक्ष –
कृष्ण तिमल्सिना ९१२
हिराधन राई ५६०
योग कुमार फगामी १२९८
उपाध्यक्ष –
दयानिधी सापकोटा ९५७
दीपक कुमार श्रेष्ठ ८६२
डा. दिलिप कुमार यादव ३६२
डा. प्रेम बहादुर आले
प्रेम गाहा मगर १०९४
पुनम गुरुङ १६०१
भोलानाथ खनाल ४३३
राष्ट्र राई ९८८
ललित कुमार न्यौपाने ११८८
शेर बहादुर सुनार १४३३
शुसिला राई १२०९
महासचिव
खुशी लिम्बु ६८२
फडिन्द्र भट्टराई ८२७
राज कुमार त्रिपाठी १०४०
उपमहासचिव
कृष्ण तिवारी १०२२
विनय अधिकारी १०५९
सचिव –
तारानाथ भण्डारी १४५१
नारायण गाउँले १३६६
सुरोज मास्के ११८८
सुनिल बाबु खड्का ९८८
कोषाध्यक्ष –
महेश गिरी ६७०
शालिकराम सापकोटा ८०६
सचिन श्रेष्ठ ७७९
सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ १२६५
सुरज पौडेले ८०१
युवा संयोजक
कुमार थापा ९८६
विरेन्द्र श्रेष्ठ ६२५
राजन खकुरेल
लाल बहादुर गुरुङ १३०५
सदस्यहरु
अर्कराज तिमल्सिना ११८३
कमल कँडेल ११७८न
कुलेश्वर (कृष्ण) ढकाल
गंगा बहादुर राना
डेबिन्द्र थापा
तिलकराज भट्टराई ७१३
पवन शर्मा ९९०
पर्शुराम पाण्डे ४१५
बिमला लिम्बु ११२४
बिष्णु प्रसाद खरेल ५४७
मनिष खड्का ८१८
मुकेश राना १०५०
होमनाथ पौडेल ९८८
आइसीसी सदस्य
अर्जुन कटुवाल ७३६
कुमारी गुरुङ ११६१
जय प्रकाश गुरुङ १२४१
देवराज आचार्य (चिरन) ७६८
शान्ति थापा १८०७
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।