लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन सम्पन्न भएको छ । सेप्टेम्बर ९ तारिख शनिवारका दिन सम्पन्न निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको छ । लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर लगायतका चार स्थानहरुमा बिहान ८ बजेदेखि सांझ ८ बजेसम्म भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार हयारो बुथमा ५२३ (७७ प्रतिशत) प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको छ । मतदाता सूची अनुसार अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता लिस्टमा थिए । निर्वाचन सम्पन्न भए लगतै आवश्यक प्रक्रिया पूरा गरि मतगणना शुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
एनआरएनए यूकेको निर्वाचन सम्पन्न, ७८.४ प्रतिशत मत खस्यो
एनआरएनए यूकेको निर्वाचन सम्पन्न, ७८.४ प्रतिशत मत खस्यो

तपाईको प्रतिक्रिया