गोर्खा रेडियो, वि.स. २०७४ तदनुसार सन् २०१७ सालको विजया दशमीको टीका थप्ने शुभ साइतको बारेमा नेपाल पंचांग निर्णायक समितिले समय निर्धारित गरेको छ । यसपटकको दशैं आश्विन १४ गते अर्थात सेप्टेम्बर महिनाको ३० तारिख शनिवारका दिन पर्न गएको छ । पञ्चांग निर्णायक समितिले दिएको जानकारी अनुसार यस वर्षको दशैंको टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ । समितिले दशमीको दिन बिहान ८ बजे देवी विसर्जन गरेर ११ बजेर ५५ मिनेटमा देवीको प्रसाद स्वरुप टीका ग्रहण गर्न सकिने जनाएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गर्दै असोज ५ गते बिहीबार बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको जनाइएको छ । त्यसैगरी असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइने र फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिने समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको र ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको समेत पञ्चांग निर्णायक समितिले जनाएको छ । “अन्तमा गोर्खा रेडियो परिवारको तर्फबाट बडादशैंको उपलक्ष्यमा हार्दिक शुभकामना”
सुन्नको लागि तल प्ले गर्नुहोला ।
Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)